सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने

  • २०८० पौष १६, सोमबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं – सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।

Advertisement

यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइने छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट