ड्यूटीमा खटिएका प्रहरी हवल्दार मृत फेला

  • २०८० पौष १६, सोमबार (६ महिना अघि)
  • १६० पटक पढिएको
ड्यूटीमा खटिएका प्रहरी हवल्दार मृत फेला

काठमाडौं– संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए ।

Advertisement

ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको छ । ‘उहाँले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गर्नुभएको हो । ड्रेस नफुकाली सुत्नु भएको रहेछ । बिहान पौने पाँच बजे आसपासमा बेहोस अवस्थामा फेला पारेका थियौं,’ संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भने, ‘त्यसपछि अस्पताल पुर्याए पनि उहाँलाई बचाउन सकिएन ।’

४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट