मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको ज्यान गयो

  • २०८० पौष १८, बुधबार (६ महिना अघि)
  • १८३ पटक पढिएको
मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको ज्यान गयो

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । नवलपुर जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर भइ बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको थियो ।

घाइते एडीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा चालक हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरका ४१ वर्षका लक्ष्मण लामा घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । त्यस्तै सोही घटनामा प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट