सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल र रजिष्ट्रारमा विमल पौडेल सिफारिस

  • २०८० पौष १८, बुधबार (६ महिना अघि)
  • १९४ पटक पढिएको
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल र रजिष्ट्रारमा विमल पौडेल सिफारिस

काठमाडौं– न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ । आज बसेको आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।

Advertisement

यस्तै, सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । उनी सर्वोच्च अदालतको प्रशासन महाशाखाका प्रमुख हुन् ।

यसअघिका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतमा यी २ पद रिक्त थिए ।

मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट