गाजावासीलाई बसाइँ सर्न इजरायलको आह्वान, राष्ट्र सङ्घले व्यक्त गरे चिन्ता

  • २०८० पौष २०, शुक्रबार (६ महिना अघि)
  • १६२ पटक पढिएको
गाजावासीलाई बसाइँ सर्न इजरायलको आह्वान, राष्ट्र सङ्घले व्यक्त गरे चिन्ता

एजेन्सी– इजरायलले गाजावासीलाई बसाइँ सर्न गरेको आह्वान चिन्ताको विषय रहेको राष्ट्रसङ्घले जनाएको छ ।

Advertisement

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजरायली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू अत्यन्त चिन्तित भएको बताएका छन् ।

इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले गएको सोमवार गाजापट्टीमा इजरायली बस्तीको पुनःस्थापनलाई प्रवर्द्धन गर्न आह्वान गरेका थिए । त्यसको एक दिनअघि अति दक्षिणपन्थी वित्तमन्त्री बेजेलेल स्मोट्रिचले पनि गाजाका झण्डै २४ लाख प्यालेस्टिनीहरूलाई गाजा छाड्नका लागि प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।

गाजाका नागरिकहरूलाई तेस्रो देशमा स्थानान्तरण गर्ने योजना अत्यन्त चिन्तित रहेको मानवअधिकार प्रमुख टर्कले बताएको समाचार संस्था एएफपीले जनाएको छ । उनले अन्तर्राष्ट्रिय कानुनहरूले संरक्षित क्षेत्रभित्र संरक्षित व्यक्तिहरूलाई जबरजस्ती स्थानान्तरण वा कब्जा गरिएको क्षेत्रबाट हुने निर्वासनलाई निषेध गरेको उल्लेख गरेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट