भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

  • २०८० पौष २०, शुक्रबार (६ महिना अघि)
  • १८४ पटक पढिएको
भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं– नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेशमन्त्री एस जयशंकर फर्किएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उनलाई विदाई गरे ।

Advertisement

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन जयशंकर बिहीबार नेपाल आएका थिए ।

उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यसैगरी बिहीबार आयोगको बैठकपछि नेपाल–भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार नै जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउतलगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गरेका थिए । साथै त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट