१९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

  • २०८० पौष २०, शुक्रबार (६ महिना अघि)
  • १५० पटक पढिएको
१९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्न जाने युवा टोलीलाई बिदाइ गरेको छ ।

Advertisement

आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले टोलीलाई बिदाइ गरेका हुन् । टोलीका कप्तान देव खनालले तयारी राम्रो रहेको र राम्रो प्रदर्शन गर्ने बताए ।

क्यानले दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको विश्वकपका हिजो बिहीवार देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोलीको घोषणा गरेको हो ।

एसिया कप खेलेका तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण टोलीमा परेका छैनन् । उनको ठाउँमा बलर दुर्गेश गुप्ता अटाएका छन् । त्यस्तै अलराउन्डर दीपक बोहोरालाई टोलीमा थपिएको छ ।

जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह ’डी’ मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट