होटलका लागि भन्दै रुसी सेनामा भर्ती हुन पठाउने २ जना पक्राउ

  • २०८० पौष २०, शुक्रबार (६ महिना अघि)
  • २०३ पटक पढिएको
होटलका लागि भन्दै रुसी सेनामा भर्ती हुन पठाउने २ जना पक्राउ

काठमाडौं– रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ गरेका छन् ।

Advertisement

होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पु¥याएपछि सेनामा भर्ती गराउन खोज्ने अलास्का ट्राभल्सका संचालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राई भनिने शेर बहादुर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले शंकर कार्की , राजन राई र विकास राईलाई रसिया पठाएका थिए । रसिया पुगे पश्चात् पनि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिले थप ८०० डलर लिएका थिए भने त्यसपछि उनले रसियन आर्मीमा भर्ती हुनुपर्छ भनेका थिए । तर, कार्कीले आफू आर्मीको लागि नआएको बताएनि दलालले होटेलमा कुनै काम नभएको र आर्मीको लागि बोलाएको बताएका थिए ।

त्यसपछि शंकर कार्कीले रसिया आर्मीमा काम नगर्ने भन्दै फर्किएर प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा एसएसलीमात्रै पास गरेका कार्कीको सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाइदिएको खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

अभियुक्तहरुलाई राजधानीबाट पक्राउ गरी मानव तस्करीको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट