कांग्रेसको कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

  • २०८० पौष २१, शनिबार (६ महिना अघि)
  • १८८ पटक पढिएको
कांग्रेसको कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको आज बस्ने भनिएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

Advertisement

आज दिउँसो १ बजेका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजेका लागि सरेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । यसका लागि हालसम्म पनि सत्ता गठबन्धनले सिट भागबन्डा गरिसकेको छैन ।

एमालेले भने निर्वाचन हुन लागेका १९ सिटमै उम्मेदवार दिने निर्णय गरिसकेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट