डाक्टर गोविन्द केसीसहित ९ जना माइतीघरबाट पक्राउ

  • २०८० पौष २१, शनिबार (६ महिना अघि)
  • ७२ पटक पढिएको
डाक्टर गोविन्द केसीसहित ९ जना माइतीघरबाट पक्राउ

काठमाडौं– डाक्टर गोविन्द केसीसहित नौ जना काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् ।

Advertisement

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित नौ जना प्रदर्शनकारीलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।

देशमा दण्डहीनता बढेको, द्वन्द्वकालका पीडितलाई झनै पीडित बनाउने तयारी भएको, विश्वविद्यालयहरुमा राजनीतिक भागभण्डा भइरहेको लगायतका घटनाको विरोधमा उनीहरु प्रदर्शनको लागि माइतीघरमा पुगेका थिए ।

आज बिहान मात्रै विज्ञप्ति निकालेर डाक्टर केसीले सत्ताले विरोधीको मुख थुन्नको लागि निषेधित क्षेत्र तोकेको भन्दै माइतीघरको निषेधित क्षेत्र तोड्न आग्रह गरेका थिए । केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउन माग गरेका छन् ।

यस्तै, उनले कैलालीको गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन र चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्न पनि माग गरेक छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट