आत्मनिर्भर बन्न म्याग्दीमा सामूहिक आलुखेती

  • २०८० पौष २४, मंगलबार (६ महिना अघि)
  • २९६ पटक पढिएको
आत्मनिर्भर बन्न म्याग्दीमा सामूहिक आलुखेती

बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले एक सय रोपनीमा व्यावसायिक आलुखेती गरेका छन् । परम्रागत खेतीको विकल्पमा व्यवसायिक आलुखेती गरेका हुन् ।
खेतवारीमा लगाएको आलुको बोट हेर्दा उत्पादन राम्रै हुने देखिएको ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले बताइन् । ‘अहिले आलु गोडमेल गर्ने समय भएको छ । गोड्मेल गर्दैछौं । बोट अनुसार फल लाग्ने हो । बोट हेर्दा राम्रै उत्पादन हुने अपेक्षा छ’ उनेले भनिन् ।

Advertisement

किसानहरुले सिङ्गाको डाँडाखेत, फुर्केसल्ला, राक्सेलगायतका बस्तीमा हिउँदे आलुको व्यावसायिक खेती गरेका छन् । आलुखेती म्याग्दीको प्रमुख बालीको रुपमा रहेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले पनि आलुखेती मार्फत किसानलाई आत्मनिर्भर बनाउने तयारी गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमख सञ्जीव बाँस्तोलाले जानकारी दिए । विगतका वर्षहरूमा गहुँ, जौँ लगायतका खाद्य बाली लगाउने भए पनि यस वर्ष किसानले अनुदान पाएपछि आलुखेतीतर्फ आकर्षित बनेका हुन् । यस वर्ष हिउँदे आलुको खेती विस्तार गर्न २० वटा समूह र एक सहकारी खायन आलुको अनुदानका लागि छनोट भएका छन् । म्याग्दी बर्खे आलुमा आत्मनिर्भर बनेर यहाँ उत्पादन भएको आलु बाहिर निकासी हुने गर्छ, अहिलेसम्म हिउँदको समयमा बाहिरका जिल्ला र भारतबाट समेत जिल्लामा आलु आयात हुँदै आएको छ, खायन आलु प्रवर्द्धन कार्यक्रमबाट अब हिउँदे आलुमा म्याग्दी आत्मनिर्भर हुन्छ । हिउँदमा आलुको आयात घटाउने र आत्मनिर्भर गराउने लक्ष्यअनुसार खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको बाँस्तोलाले बताए ।

यस कार्यक्रमअन्तर्गत जिल्लामा थप एक हजार रोपनीमा बर्खे आलुुखेती विस्तार हुनेछ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुन आएका किसान समूह र सहकारीलाई आलुको बीउ र उपकरण खरिदमा प्रतिरोपनीमा रु १० हजारका दरले अनुदान दिइएको छ । कार्यालयबाट खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत हिउँदे आलुमा बेनी नगरपालिका, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानले अनुदान पाएका छन् । बर्खे आलुमा रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेत समेटिने कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट