६० वर्ष माथिका जेष्ठ नागरिकविच बाघचाल, गट्टा र डण्डीबियो प्रतियोगिता सम्पन्न

  • २०८० पौष २४, मंगलबार (६ महिना अघि)
  • ३११ पटक पढिएको
६० वर्ष माथिका जेष्ठ नागरिकविच बाघचाल, गट्टा र डण्डीबियो प्रतियोगिता सम्पन्न

धादिङ- धादिङमा ६० वर्ष माथिका जेष्ठ नागरिकविच बाघचाल, गट्टा र डण्डीबियो प्रतियोगिता गरिएको छ । युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगद्धारा साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले खेलकुदको आयोजना गरिएको हो ।

Advertisement

गट्टा खेल प्रतियोगितातर्फ तारादेवि लम्साल प्रथम, फुलौरी श्रेष्ठ द्वितिय, कमलादेवी लम्साल तृतिय र जुनकिरी श्रेष्ठ सान्तोना भएकी छिन् । बागचाल खेलतर्र्फ राम्जी लम्साल प्रथम, गेरुनाथ लम्साल द्वितिय, कृष्ण बहादुर दुवाडी तृतिय र चन्द्रबहादुर भट्टराइ सान्तोना भएका छन् ।

डण्डीबियो खेलतर्फ ५/५ जनाको दुई टिम बीच ५ राउण्ड भएको खेलमा दुवल नारायण श्रेष्ठ, भोजराज सुवेदी, टंकप्रसाद खनाल, फत्तबहादुर लम्साल र ढुण्डनारायण श्रेष्ठको समुह प्रथम भएका छन् । कालेदमै, गोपाल प्रसाद लम्साल, रुद्रबहादुर लम्साल, पूर्णबहादुर लम्साल र खड्गनारायण श्रेष्ठको समुह द्धितिय भएका छन् ।

विजयी खेलाडीहरुलाई नगद सहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको शिक्षा विकास तथा समन्वय ईकाई धादिङका अधिकृत कृष्णकुमार श्रेष्ठ जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट