एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने

  • २०८० पौष २४, मंगलबार (६ महिना अघि)
  • १३२ पटक पढिएको
एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने

 

Advertisement

धादिङ-प्रमुख विपक्षी दल एमालेले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य सुरु गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सबै जनसंगठनहरूलाई आन्दोलनको गृहकार्य अगाडि बढाउन निर्देशन दिएका छन् ।

हरेक क्षेत्रमा सरकार असफल भएको भन्दै देशको स्वाधीनता जोगाउन आन्दोलन गर्नु परेको महासचिव पोखरेलको भनाई छ । सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै एमालेले आन्दोलनको गृहकार्य सुरु गर्न लागेकोे हो । संयन्त्रको बैठककलगत्तै जनसंगठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने गरी तयारी गर्ने जानकारी गराइएको छ । राजधानीमा मध्यमवर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्यादती भए पनि ठोस ढंगले प्रतिकार हुन नसकेको भन्दै आन्दोलनको तयारी रहेको उनले बताए ।

‘जनताको हित र पक्षमा उभिनुपर्छ । जनतामाथि गरेको सरकारको ज्यादतीको विरोध गर्नुपर्छ । आम नागरिकको हितमा काम गर्ने एमाले नै हो’ उनले भने– ‘सरकारको ज्यादती रोक्न एकजुट हुनुपर्छ । अब एमालेका सबै जनसंगठनहरू जुझारु र सरकारका ज्यादतीविरुद्ध निर्मम र आक्रामक रूपमा प्रस्तुत भएर सच्चिन बाध्य पार्ने गरी अघि बढ्नु पर्छ ।’

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट