लगातार उकालो लाग्दै नेप्से, ५ अर्ब १३ करोड रुपैयाँको कारोबार

  • २०८० पौष २५, बुधबार (६ महिना अघि)
  • १८८ पटक पढिएको
लगातार उकालो लाग्दै नेप्से, ५ अर्ब १३ करोड रुपैयाँको कारोबार

काठमाडौं – लगातार तेस्रो दिन आज पनि सेयर बजार बढेको छ । सेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ ।

Advertisement

आज बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार समूहको सेयर सामान्य बढेको छ । अरू समूहको सेयर भने घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६÷८७ को सेयर झन्डै छ प्रतिशतले घटेको छ ।

आज एक करोड ३४ लाख ७७ हजार कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट