नीलकण्ठ नगरपालिका-१२ का विद्यालयहरुको कक्षाकोठामा मोबाइल फोन लैजान नपाइने

  • २०८० पौष २५, बुधबार (६ महिना अघि)
  • ३१८ पटक पढिएको
नीलकण्ठ नगरपालिका-१२ का विद्यालयहरुको कक्षाकोठामा मोबाइल फोन लैजान नपाइने

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेका विद्यालयहरुमा कक्षाकोठाभित्र मोबाइल फोन लैजान निषेध गरिएको छ । मोबाइल फोनका कारण पठनपाठन प्रभावित बनेकाले कक्षाकोठामा विद्यार्थी र शिक्षकहरुलाई मोबाईल फोन लैजान निषेध गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार) ले बताए ।
`हामीले केही विद्यालयमा अनुगमन गर्यौँ । प्रविधिको विकास भएसङ्गै शैक्षिक क्षेत्रले पनि फड्को मार्न पर्ने हो । तर शिक्षाको गुणस्तर हामीले सोचेजस्तो भएको छैन । प्रविधिको सदुपयोग गर्न सके फाइदा भएजस्तै सदुपयोग गर्न नसक्दा यसले ठुलो असर पुर्याउछ । ´उनले भने- `शिक्षक मोबाइलमा व्यस्त हुने, विद्यार्थी होहल्ला गर्ने । हामी चाँहि शिक्षाको गुणस्तर खोज्ने । त्यसैले पढ्ने र पढाउने समयमा कक्षाकोठा भित्र मोबाईल फोन निषेध गरिएको हो ।´
निलकण्ठ नगरपालिका भित्रका स्थायी शिक्षकहरुलाई ५० प्रतिशत अनुदानमा ल्यापटप वितरण गरिएको छ । प्रविधिको भरपुर प्रयोग गरि शैक्षिक गतिविधि गर्ने र ज्ञान लिने दिने गर्न सकिने वडा अध्यक्ष भण्डारीले बताए । `वडा भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारमा वडाले योजना बनाएर अघि बढेको छ । पुस्तकालय व्यवस्थित गर्ने, शिक्षकलाई तालिम दिने, कितावी ज्ञानसङ्गै अतिरिक्त क्रियाकलापका लागि वडाभित्रका अन्तर विद्यालय प्रतियोगिता आयोजना गर्ने लगायतका कार्य भइरहेको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक विद्यार्थी, विद्यालय परिवार र सरोकारवाला निकाय सबैको पहल तथा सहकार्यले मात्रै शिक्षाको गुणस्तर र राम्रो नतिजा ल्याउन सकिन्छ । शिक्षाको गुणस्तर सुधारमा वडा गम्भीर भएर लागेको छ´ उनले भने ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    खोजी गर्नुहोस

    ताजा अपडेट