ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

  • २०८० पौष २७, शुक्रबार (६ महिना अघि)
  • १६४ पटक पढिएको
ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं– ट्याक्टरको ठक्करबाट मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ११ वर्षीय समीर ऋषिदेव रहेको प्रहरीले जनाएको छ ।

Advertisement

ट्याक्टरले ठक्कर दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट