‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि विनोद राईलाई

  • २०८० पौष २८, शनिबार (६ महिना अघि)
  • २१८ पटक पढिएको
‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि विनोद राईलाई

काठमाडौं– विनोद राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै राइले ‘द भ्वाइस अफ नेपाल सिजन ५’ हात पारेका हुन् ।
‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधिसहित राइले नगद २० लाख रूपैयाँ पाएका छन् । उनले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए । यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन् ।
टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फस्ट रनरअप घोषित भए । यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बनेका छन् ।
तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए ।
दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ । यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बू, तेस्रो संस्करणको उपाधि किरण गजमेर र चौथो संस्करणको उपाधि करण राईले जितेका थिए ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट