धादिङमा कौह्रा लोक नृत्य प्रतियोगिता (फोटो फिचर)

  • २०८० पौष २९, आईतबार (६ महिना अघि)
  • ६०१ पटक पढिएको
धादिङमा कौह्रा लोक नृत्य प्रतियोगिता (फोटो फिचर)

धादिङ– माघेसंक्रान्तिको अवसरमा धादिङमा खुल्ला कौह्रा लोक नृत्य प्रतियोगिता गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङ र नेपाल मगर संघ पालिका स्तरीय समिति धादिङ मगरात सभ्यता सहितको समृद्ध मगर समाज भन्ने मूल मर्मका साथ खुल्ला कौह्रा लोक नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

प्रतियोगितामा नीलकण्ठ नगरपालिका–२ सोह्र घर प्रथम, सिद्धलेक– ४ आदमारा द्धितिय, ज्वालामूखी चक्रदेवी तृतिय र सिद्धलेककै वातावरण युवा क्लव सान्तोना भएका छन् । खुल्ला कौह्रा लोक नृत्य प्रतियोगितामा २२ समुहको सहभागिता रहेको थियो ।

खुल्ला कौह्रा लोक नृत्य प्रतियोगिताको सम्बोधन गर्दै बागमती सरकारका मूख्य मन्त्री शालिकराम जम्कट्टेलले धादिङमा मगर संग्राहलय निर्माणको लागि सहयोग गर्ने बताए ।


‘तपाईहरु संग्राहलय बनाउन तयारी गर्नहोस् । धादिङमा चेपाङ संग्राहलय बनाउदैछौं, मगर जातिको कला, संस्कृति र पहिचान स्थापित गर्ने मगर संग्राहलय बनाऔं’ उनले भने– ‘सबै जातजातिको भाषा, धर्म, संस्कार, कला संस्कृति सहितको पहिचानलाई संरक्षण र स्थापित गर्न प्रदेश सरकार लागेको छ । तपाईहरु जुट्नुस् । मगर संग्राहलय निर्माणको लागि जग्गा खोज्नुस् । मगर संग्राहलय बनाऔं । बागमती सरकारले सहयोग गर्छ ।’

‘अहिलेको व्यवस्थाले देशको हरेक क्षेत्रमा समानुपातिक समावेशी बनेको छ । स्थानीय तहदेखि केन्द्रसम्म मात्र नभई धर्म संस्कृति, राजनिति, सेना प्रहरी, संघ संस्था सबैमा समानुपातिक समावेशी अधिकार छ । हामीले खोजेको अहिलेको जस्तो व्यवस्था हो’ उनले भने ।

मगर पहिचान झल्कने भेषभुषा लगाएर खुल्ला कौह्रा लोक नृत्य प्रतियोगिता कार्यक्रममा सहभागी भएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट