नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३२ औं केन्द्रीय सभा सम्पन्न, अध्यक्षमा सुवाल निर्विरोध निर्वाचित

  • २०८० पौष २९, आईतबार (६ महिना अघि)
  • ४८२ पटक पढिएको
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३२ औं केन्द्रीय  सभा सम्पन्न, अध्यक्षमा सुवाल निर्विरोध निर्वाचित

काठमाडौं– नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अध्यक्षमा डाक्टर सत्यनारायण सुवाल निर्विरोध चयन भएका छन् । प्रतिष्ठानको ३२ ओैं केन्द्रीय सभाले अध्यक्ष सुवाल र प्रतिष्ठानको २२ जना कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

Advertisement

मुटुरोगको बारेमा सचेतना जगाउने उद्देश्यले २०४५ सालमा प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानको ३२ ओैं केन्द्रिय सभाको सम्बोधन गर्दै मुटुरोग दिनानुदिन भयावह बन्दै गएको प्रतिष्ठानका संस्थापक अध्यक्ष मृगेन्द्रराज पाण्डले बताए । उनले भने– ‘विलासी जीवनशैली र धेरै तनाबको कारण हाल विश्वभर हरेक २७ सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ । देशको ग्रामिण भेगदेखि शहरका टोलटोलसम्म मुटुरोगको बारेमा सचेतना कार्यक्रम संचालन गर्नु पर्न सके न्यूनिकरण गर्न सकिन्छ ।’

‘जन्मजात हुने मुटुरोग र वाल मुटुरोगी पहिचान गर्नु पर्छ । जंङ्कफुड तथा तारेको खाना र सुर्तिजन्य पदार्थ देशव्यापी रुपमा कडाई गरिनु पर्छ । रोग लागेका रोगीलाई सहज उपचार हुने वातावरण बनाउनुपर्र्छ । यस विषयमा सरकारको ध्यान जान आवश्यक छ’ उनले भने ।
प्रतिष्ठानको ३२ ओैं केन्द्रिय सभाकै अवसरमा मुटुरोगीलाई प्रभावकारी सेवा पु¥याए वापत डा. प्रकास राज रेग्मी, डा.अवनीभुषण उपाध्याय र डा. शंकर लौडरियालाई सम्मान गरेको छ । सर्वोत्कृष्ठ जिल्ला शाखाको रुपमा काभ्रे शाखालाई सम्मान गरेको छ । त्यस्तै मुटुरोगको बारेमा कार्य गर्न प्रोतसाहन गर्ने उद्देश्यले हरेक वर्ष प्रदान गर्ने शाखा सुदृढिकरण पुरस्कार अर्गाखाँची शाखालाई प्रदान गरिएको जिल्ला शाखा धादिङका सभापति राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानको नव निर्वाचित कार्यसमितिको पहिलो वैठक बसि पदाधिकारी चयन र थप ७ जना सदस्यहरु मनोनयन समेत गरेको छ । १९ जना सल्लाहकार समेत मनोनयन गरेको छ । वैठकले उपाध्यक्षमा डा. पुष्पराज राजकर्णिकार, महासचिव कमल घिमिरे र कोषाध्यक्षमा उत्तमलाल श्रेष्ठलाई चयन गरेको हो । प्रतिष्ठानमा ३१ जनाको कार्यसमिति ३ वर्षको कार्यकाल रहने व्यवस्था रहेको छ । जिल्ला शाखा धादिङका सभापति राजकुमार श्रेष्ठ केन्दीय समितिमा निर्विरोध चयन भएका हुन् । ललितपुरको जाउलाखेल स्थित बगैंचा रेष्टुरेन्टमा भएको सभामा ४१ जिल्ला शाखाबाट सहभागी भएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट