सुख्खा पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

  • २०८० माघ १, सोमबार (६ महिना अघि)
  • २६१ पटक पढिएको
सुख्खा पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

धादिङ– सोमबार विहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मझिमटारमा सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सडक चौडा गर्ने क्रममा काटिएको सडक भन्दा माथिको भाग खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।

Advertisement

जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठका अनुसार विहान करिव ४ वजे सुख्खा पहिरो खसेको हो । विहानैदेखि डोजर एक्साभेटरको सहायताले पहिरो पन्छाएर बाटो खुलाउने काम भयो । दुवैतर्फ बाटो सञ्चालनमा ल्याउन पनि सकिन्थ्यो । तर जति पन्छायो माथिबाट उति खसिरहेको छ । दुवैतर्फ बाटो सञ्चालन गर्दा माथिबाट खसिरहेका स–साना ढुंगामाटोको जोखिम हुने भएकोले एकतर्फी खुलाइएको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    खोजी गर्नुहोस

    ताजा अपडेट