पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • २०८० माघ १, सोमबार (६ महिना अघि)
  • २१३ पटक पढिएको
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले आज (सोमबार) रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूख्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो ।

Advertisement

हाल काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६६ रुपैयाँ र डिजेल तथा मट्टितेल समान एक सय ५६ रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ ।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

हाललाई अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट