माघे संक्रान्तिको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ४३ जनाले गरे रक्तदान

  • २०८० माघ १, सोमबार (६ महिना अघि)
  • ३९६ पटक पढिएको
माघे संक्रान्तिको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ४३ जनाले गरे रक्तदान

धादिङ- माघे संक्रान्तिको अवसरमा सोमबार धादिङमा रक्तदान कार्यक्रम गरिएको छ । धादिङको छुट्टाछुट्टै दुई स्थानमा भएको रक्तदानमा एक सय ४३ जनाले रक्तदान गरेका हुन् ।

Advertisement

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ मैदीमा भएको रक्तदान कार्यक्रममा २९ जना महिला र ६३ जना पुरुष गरि ९२ जनाले रक्तदान गरेका छन् । नीलकण्ठ नगरपालिकाको वडा नम्बर १४ धुँवाकोटमा भएको रक्तदानमा ९ जना महिला र ४२ जना पुरुष गरि ५१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए ।

माघे संक्रान्तिको अवसरमा आयोजित महोत्सवमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाईटीहरुको उपशाखाहरुको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट