धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

धादिङ– धादिङको खनियाबासमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

Advertisement

बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिकाको– ५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी धनबहादुर तामाङ, मरु माया तामाङ र शर्मिला तामाङ घाइते भएको एसपी मिश्रले बताए ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%३%

    खोजी गर्नुहोस

    ताजा अपडेट