१५ लाख घुससहित बनेपा- ९ का वडाध्यक्ष बादे पक्राउ

  • २०८० माघ ३, बुधबार (६ महिना अघि)
  • २७२ पटक पढिएको
१५ लाख घुससहित बनेपा- ९ का वडाध्यक्ष बादे पक्राउ

काठमाडौं– काभ्रेको बनेपा नगरपालिका– ९ का वडा अध्यक्ष ४२ वर्षिय नृपेश बादे १५ लाख घुस सहित पक्राउ परेका छन् ।

Advertisement

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिएको अवस्थामा वडाध्यक्ष बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकोे जनाएको छ ।

घर बाटो सिफारिसका लागि उनले घुस लिएको आयोगले जनाएको छ । वडाध्यक्षसँगै रहेका बा. ७ च १२९ नम्बरको कारका चालक बाह्रबिसे नगरपालिका– ७ मिलनटार स्थायी ठेगाना भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानलाई गाडीसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट