सरकारलाई दबाब दिन रास्वपाको मिसन ८० अभियान

  • २०८० माघ ३, बुधबार (६ महिना अघि)
  • २४७ पटक पढिएको
सरकारलाई दबाब दिन रास्वपाको मिसन ८० अभियान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दबाब दिन मिसन ८० सञ्चालन गर्ने भएको छ । भौतिक विकासका अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम मिसन ८० गर्ने निर्णय गरेको हो ।

Advertisement

विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी दिन मिसन ८० शुरु गर्ने भएका हुन् । पार्टी सभापति रवि लामिछानेले गत शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को कार्यक्रममा अलपत्र विकास आयोजनामा पैदल यात्रा गर्ने घोषणा गरेका थिए । पार्टीका २१ जना सांसदले नै अलपत्र विकास आयोजनाको पैदल यात्रा गर्ने र सरकारलाई ध्यानाकर्षण गराउने योजना अघि सारेका हुन् । केही दिनअघि रास्वपा सभापति रवि लामिछानेसहितका सांसदहरूले नारायणगढ–बुटवल सडकखण्डमा तीनदिन हिँडेर दबाब यात्रा पनि गरेका थिए । रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले यसलाई निरन्तरता दिने निर्णय गरेको हो ।

दबाब यात्राका लागि ५० अलपत्र र ढिलासुस्ती भइरहेका विकास आयोजनाहरू प्रस्तावित गरिएका थिए । जसमध्ये २७ विकास आयोजनाहरू छनोट गरेको हो । दबाब कार्यक्रम गर्नुपर्ने सम्भावित आयोजनाहरूमा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक ९दुई खण्ड०, मेलम्ची खानेपानी आयोजना, ११ किलो–छेपेटार–भालुस्वारा–वारपाक सडक, टनकपुर लिंक रोड, हुलाकी राजमार्ग ९बेलौरी पचुई क्षेत्र०, भेडेटार–रवि–राँके सडक, कमला पुल, जनकपुर परिक्रमा सडक, दमौली–पोखरा सडकखण्ड, गौतमबुद्ध/पोखरा विमानस्थल रहेका लगायत छन् ।

पटक–पटक म्याद थप गरेर पनि ढिलाइ भएका र जनताले सास्ती पाएका विकास योजनाहरूमा दबाब यात्रा गरेर योजना चाँडो बनाउन सरकारलाई खबरदारी गर्ने निर्णय गरेको हो ।
रास्वपाले आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा श्रीराम न्यौपाने, विपिनकुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटवाल र खुस्बु सरकार श्रेष्ठ सदस्य रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट