जलविद्युत आर्थिक समृद्धिको पहिलो आधार- उपप्रधानमन्त्री श्रेष्ठ

  • २०८० माघ ४, बिहिबार (६ महिना अघि)
  • २१६ पटक पढिएको
जलविद्युत आर्थिक समृद्धिको पहिलो आधार- उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं- नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि जलविद्युत् ठूलो आधार भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २४औँ वार्षिक उत्सव तथा इप्पान डे २०८० समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

`आर्थिक समृद्धिको यात्रामा सरकारले जलविद्युतलाई पहिलो प्राथमिकतामा राखेको छ । ऊर्जाबाटै तत्काल आर्थिक समृद्धि सम्भव हुने र सरकारले यसलाई मेरुदण्डको रूपमा लिएको हो´ उनले भने- `जलविद्युतपछि पर्यटन, कृषि र पूर्वाधार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ । अब निजी क्षेत्र र सरकारले ऊर्जा क्षेत्रमा थप लगानी बढाउनुपर्छ । त्यसको लागि सरकारले आवश्यक नीति निर्माणसमेत गर्ने र निजी क्षेत्रसँग सहकार्य  गर्नेछ । ऊर्जा क्षेत्रमा सुरक्षाको ग्यारेन्टी गर्न सरकार सकारात्मक छ ।´

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले जलविद्युत् उत्पादनको एक सय १२ वर्षको इतिहास भए पनि पछिल्लो एक दशकमा महत्वपूर्ण उपलब्धि भएको बताए । पछिल्लो एक दशकमा विद्युतकाे जडित क्षमता आठ सय मेगावाटबाट २९ सय मेगावाट पुगेको उनको भनाई छ । उनले भने-`आगामी १२ वर्षमा सरकारको लक्ष्यअनुसार साढे २८ सय मेगावाट विद्युत् उत्पादन हुने आधार तय गरिएको छ । भारतसँग भएको दीर्घकालिन विद्युत् व्यापार सम्झौताले त्यसको बजार सुनिश्चित गरेको छ ।´

त्यस्तै, इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत् क्षेत्रको विकासका लागि ऊर्जा दशक र ऊर्जा संकट घोषणा गर्नुपर्ने बताए । झन्झटिलो सरकारी प्रक्रियालाई सरलीकरण बनाउनुपर्नेमा उनले जाेड दिएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट