नेपाल र बंगलादेशका सामुदायिक रेडियोकर्मीविच सिकाइ तथा अनुभव आदान–प्रदान

  • २०८० माघ ४, बिहिबार (६ महिना अघि)
  • ७८० पटक पढिएको
नेपाल र बंगलादेशका सामुदायिक रेडियोकर्मीविच सिकाइ तथा अनुभव आदान–प्रदान

नेपाल र बंगलादेशका सामुदायिक रेडियोकर्मीहरुविच सिकाइ तथा अनुभव आदान–प्रदान गरिएको छ ।

Advertisement

सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क) एसिया प्रसान्त क्षेत्रीय कार्यालय काठमाडौंको आयोजनामा नेपाल–बंगलादेश सामुदायिक रेडियोकर्मी आदान–प्रदान कार्यक्रम अन्र्तगत बंगलादेशबाट नेपाल आएका रेडियोकर्मीहरु र धादिङका सामुदायिक रेडियोकर्मीहरुविच धादिङमा सिकाइ तथा अनुभव आदानप्रदान गरिएको हो ।

सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रममा बंगलादेशबाट नेपाल आएकी आयशा अख्तर रुमानाले बंगलादेशमा सञ्चालित सामुदायिक रेडियोको अवस्था, नेपालको धर्म, सँस्कृति र रितिवाज, करिव एक वर्ष नेपालमा बस्दा सामुदायिक रेडियोमा काम गरेको अनुभव लगायतका विषयमा बताएका थिए ।


‘नेपालमा बस्दा सामुदायिक रेडियोका विषयमा धेरै कुराहरुको सिकाइ भयो । रेडियो कार्यक्रमको ढाँचा, सामुदायिक रेडियोका आम्दानीको स्रोत, सामुदायिक रेडियो सञ्चालनमा आइपर्ने चुनौति र समाधानका उपाय तथा विकल्प, नेपालको कला, संस्कृति, रितिरीवाजको बारेमा ज्ञान भयो’ उनले भनिन्– ‘बंगलादेशको सामुदायिक रेडियो, रेडियो पोल्लिकन्ठोमा करिव ६ वर्ष काम गरेँ । नेपालमा करिव एक वर्ष रहदाको अनुभवले थप निखारता ल्याएको छ । नेपालमा सिकेका ज्ञान बंगलादेश फर्केपछि नयाँ ढंगले कार्यक्रमहरु बनाउँछु । नेपालको बसाई उपलब्धि बनेको मैले ठानेको छु ।’

त्यस्तै, सामुदायिक रेडियोकर्मी मौ पालले बंलादेशका सामुदायिक रेडियोले उठाउदै आएको नागरिकको समस्या तथा सवालका विषयमा जानकारी दिए । ‘समाज रुपान्तरणमा सामुदायिक रेडियोले गहन भूमिका खेलेको छ । सामुदायिक रेडियो आवाजविहिनहरुको आवाज बुलन्द गर्ने सशक्त सञ्चार माध्यम हो’ उनले भनिन्–‘बंगलादेशमा सामुदायिक रेडियोले सिमान्तकृत समुदायका सवाल, पछि परेका समुदाय, महिलाका सवाललाई विशेष प्राथमिकता दिएर उठाउने गरेको छ । नेपालको सामुदायिक रेडियोहरुको पनि आ–आफ्नै विशेषता छन् । नेपालमा कार्यक्रम बनाउदा थुप्रै कुराहरुको सिकाइ भयो । करिव एक वर्षको नेपालको बसाइ उपलब्धिमूलक बन्यो । अमार्क र सामुदायिक रेडियाहरु सबैप्रति आभारी छु ।’


छलफल कार्यक्रमको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले सामुदायिक रेडियो प्रभावकारी बनेको बताए । ‘पछिल्लो समय नागरिकलाई सुसूचित गराउने सामुदायिक रेडियो आर्थिक हिसावले आफै समस्यामा छन् । सामुदायिक रेडियो टिकाउन स्थानीय सरकारले सहयोग गर्नु पर्छ । नीलकण्ठ नगरपालिकाले सामुदायिक रेडियोसँग सहकार्य गरीरहेको छ । आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्ध छौं’ उनले भने ।

धादिङमा सामुदायिक रेडियोहरुको अवस्था, समस्या तथा धादिङका सवालहरुका बारेमा नेपाल पत्रकार महासंघ धादिङका सभापति एवम् रेडियो धादिङका स्टेशन मेनेजरले राजाराम शर्माले जानकारी दिए । सहभागीहरुले नेपाल र बंगलादेशका सामुदायिक रेडिया, उत्पादन गरिने रेडियो कार्यक्रम र उठाइने सवालका विषयमा प्रश्नोउत्तर गरेका थिए ।
विगत सात वर्षदेखि अमार्क एसिया प्रसान्त र रुपान्तर बंगलादेशको साझेदारीमा सामुदायिक रेडियोकर्मीहरुको आदाप्रदान हुदै आएको छ । रेडियो धादिङको सहकार्यमा नेपाल र बगलादेशका रेडियोकर्मीविच विहिबार छलफल कार्यक्रम गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट