स्रोत नखुलेको २ करोड ३० लाख रकमसहित चार जना पक्राउ

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • २०४ पटक पढिएको
स्रोत नखुलेको २ करोड ३० लाख रकमसहित चार जना पक्राउ

काठमाडौं – राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

Advertisement

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि रकम फेला परेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । पक्राउ पर्नेमा अग्रवाल र उनका ३ जना सहयोगी रहेका विभागले जनाएको छ ।

बरामद गरेको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट