मनोज साह हत्या प्रकरण छानबिनमा रहेका न्यायाधीश भट्टराईले दिए राजीनामा

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • १९८ पटक पढिएको
मनोज साह हत्या प्रकरण छानबिनमा रहेका न्यायाधीश भट्टराईले दिए राजीनामा

काठमाडौं– जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् ।

Advertisement

न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।

गोली प्रहार गरी हत्या गरेको अभियोग लागेका पंकजले सफाइ पाएपछि उक्त मुद्दामा व्यापक आर्थिक चलखेल भएको चर्चा चलेको थियो । फैसला विवादित भएपछि न्याय परिषद्ले अनुसन्धान थालेको थियो ।

परिषद्ले तीन न्यायाधीशमाथि विस्तृत छानबिनका लागि समिति गठन गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराई नेतृत्वको समितिले विस्तृत छानबिन गरी न्याय परिषद्लाई आफ्नो प्रतिवेदन समेत दिइसकेको छ । यही बिचमा न्यायाधीश भट्टराईले आफ्नो पदबाट शुक्रवार राजीनामा दिएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट