एमालेको ९ औँ जिल्ला अधिवेशन उद्घाटन गर्न केपी ओली धादिङ आउदै

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • २७५ पटक पढिएको
एमालेको ९ औँ जिल्ला अधिवेशन उद्घाटन गर्न केपी ओली धादिङ आउदै

धादिङ– पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली यहि माघ १९ गते धादिङ आउने भएका छन् । ९ औँ जिल्ला अधिवेशन सम्बोधन गर्न अध्यक्ष ओली धादिङ आउने भएका हुन् ।

Advertisement

नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशन सुदृढ संगठन एकताको आधार, एमालेको संकल्प जनताको सरोकार भन्ने मूल नारासहित २०८० माघ १९ गते आयोजना गरिएको छ । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले भने– ‘९ औँ जिल्ला अधिवेशन ऐतिहासिक बन्ने छ । यसले मिसन चौरासीलाई पनि थप सहयोग मिल्नेछ । नेकपा एमाले पहिलो पार्टी मात्र भएर हुदैन । अव २०८४ मा विजेताको हिसावले पनि पहिलो बन्नुपर्छ । यो अभियान हामी धादिङबाटै शुरु गर्छौं ।’

आइतबार प्रचार समिति बैठकमा पत्रकारहरुसँग एमाले जिल्ला अध्यक्ष त्रिपाठीले आगामी निर्वाचन एमाले विजेता बन्ने गरि अघि बढेको बताएका हुन् । करिब ६ सय प्रतिनिधिहरुले भाग लिने जिल्ला अधिवेशनमा जिल्लाका १ सय ४ वडाबाटै सहभागी हुने गरी तयारी गरेका छौं । उद्घाटन समारोहमा साँस्कृतिक झाँकी, स्थानीय जातजाति, कला संस्कृति झल्कने र जिल्ला भरिकै नागरिकहरुको व्यापक सहभागिता रहने अध्यक्ष त्रिपाठीले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट