वेपत्ता बनेका सुर्खेतका तीन बालकहरुको उद्धार

  • २०८० माघ ८, सोमबार (६ महिना अघि)
  • २२७ पटक पढिएको
वेपत्ता बनेका सुर्खेतका तीन बालकहरुको उद्धार

काठमाडौं– सुर्खेतको भेरीगंगा नगरपालिका–३ सानो डुङ्गीकासम्पर्क विहिन बनेका तीन जना बालकहरुको उद्धार गरिएको छ । माघ ३ गतेदेखि घर परिवारबाट सम्पर्कविहिन भएर वेपत्ता बनेका उनीहरु पाँच दिनपछि सुर्खेत र कोहलपुरमा भेटिएका हुन् ।

Advertisement

धनबहादुर श्रेष्ठका छोरा १२ वर्षिय निशान श्रेष्ठ र उनका साथीहरु १४ वर्षिय अशोक वली र १५ वर्षिय टेस्कन खड्का माघ ३ गतेदेखि घरपरिवारबाट सम्पर्क विहिन भएका थिए ।

‘कोहलपुर चोकमा बाहिरै सुतिरहेको अवस्थामा होटल साँहुले देखेछ । हराएको थाहा पाएका होटल संचालकले होटलमा राखेर प्रहरीमा जानकारी गरिदिएपछि उनीहरुको उद्धार गरिएको हो’ ति बालकका आफन्त गोविन्द श्रेष्ठले भने ।

अशोक र टेस्कनको रुवेडिया भन्ने संस्थाको उद्धार समितिले उद्धार गरिदिएको आफन्त पदम बहादुर थापाले बताए । निशानलाई सुर्खेतबाट उद्धार गरिएको छ । उनीहरु भारत जादै गरेको अवस्थामा उद्धार गरिएको थापाले जानकारी दिए ।

सम्पर्क विहिन भएको पाँच दिन पछि सम्पर्कमा आउदा परिवारहरु खुषी बनेका छन् । खोजिदिन सहयोग गर्ने सबैलाई परिवारले खुषीसँगै धन्यवाद व्यक्त गरेका छन् ।

नेपाल पथ डटकमले माघ ६ गते ‘सुर्खेतका तीन जना बालक चारदिनदेखि वेपत्ता’ भन्ने शिर्षकमा समाचार पोष्ट गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट