परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल दिन पाउने व्यवस्था मिलाउन सतर्कता केन्द्रको निर्देशन

  • २०८० माघ ८, सोमबार (६ महिना अघि)
  • १८१ पटक पढिएको
परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल दिन पाउने व्यवस्था मिलाउन सतर्कता केन्द्रको निर्देशन

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश सरकारहरूलाई सवारी चालक प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Advertisement

सोमबार एक सुचना जारी गर्दै सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई पत्राचार गरी परीक्षार्थीहरूलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी शुल्क उठाउने गरेको भन्ने उजुरीपछि सतर्कता केन्द्रले उक्त व्यवस्था लागू गर्न निर्देशन जारी गरेको हो ।

साथै केन्द्रले ट्रायल दिने परीक्षार्थीहरुलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सो कार्यान्वयनको जानकारी केन्द्रलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट