नवौं धादिङ महोत्सव बुधबार मुख्यमन्त्रीले उद्घाटन गर्दै

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • १९३ पटक पढिएको
नवौं धादिङ महोत्सव बुधबार मुख्यमन्त्रीले उद्घाटन गर्दै

धादिङ– नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् । गजुरी गाउँपालिकाको गलौँदीस्थित त्रिशुली किनारमा माघ १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले जानकारी दिए ।

Advertisement

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा जिल्ला भित्रका कृषिजन्य उत्पादन र जल यात्रालाई प्राथमिकता दिएको अध्यक्ष थपलियाले बताए ।

‘नवौ धादिङ महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको लक्ष्य लिएकोे छ । उद्घाटन पुर्व पृथ्वीराजमार्गको ठाउँठाउँबाट विभिन्न जातीय पहिचान र भेषभुषा झल्काउने गरी ¥याली निकालिने तयारी भएको छ’ उपाध्यक्ष रामकुमार डल्लाकोटीले भने– ‘महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने उद्देश्य रहेको छ । स्थानीय स्तरको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्वसमा २ सय ४० वटा स्टल रहेका छन् ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट