बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुबाको सवारी दुर्घटनामा मृत्यु

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १९५ पटक पढिएको
बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुबाको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं– कथित तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी एक पीडित किशोरीको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

Advertisement

मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका–९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट