त्रिशुली किनारमा नवौं धादिङ महोत्सव शुरु (फोटो फिचर)

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • २८० पटक पढिएको
त्रिशुली किनारमा नवौं धादिङ महोत्सव शुरु (फोटो फिचर)

धादिङ- नवौं धादिङ महोत्सव गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदीको किनारमा बुधबारबाट शुरु भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित नवौ धादिङ महोत्सव शुरु भएको हो ।

Advertisement


नवौं धादिङ महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन् । बुधबारबाट शुरु भएर माघ २१ गतेसम्म चल्ने महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातजातिका कला संस्कृति, जातिय पहिचान झल्कने भेषभुषा, झाँकी, पञ्चैबाजा सहितको ¥याली निकालेका थिए ।

जिल्ला भित्रका कृषिजन्य उत्पादन र जल यात्रालाई प्राथमिकता दिने उद्देश्यले पृथ्वी राजमार्गमा महोत्सवको आयोजना गरिएको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले बताए । राजमार्ग आसपासमा जल यात्राको ठूला सम्भावना रहेको छ । यो महोत्सवले धादिङमा उत्पादित कृषिजन्य उत्पादनको विक्री वितरण र जलयात्रालाई ठूलो सहयोग पुग्ने अपेक्षा रहेको उनले बताए ।

‘नवौ धादिङ महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको लक्ष्य लिएकोे उनले बताए ।

पर्यटन कृषि, घरेलु उद्योग लगायत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालका दुई सय ५० स्टलहरु रहेको संघका महासचिव तिलक सिंखडाले बताए । स्थानीय उत्पादनको बजारीकरण मूख्य उद्देश्य रहेको छ । महोत्सवमा पाँच करोड भन्दा बढीको व्यापार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

 

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट