सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • २०५ पटक पढिएको
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

काठमाडौं- सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् । ‘महिला’ क्लस्टरतर्फ माओवादी केन्द्रकी रेणु चन्द, अपाङ्गतामा नेपाली काँग्रेसका नारायणदत्त भट्ट र ‘अन्य’ क्लस्टरमा कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन् ।

Advertisement

‘महिला’तर्फ माओवादी केन्द्रकी चन्दले चार हजार ४५३ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रीदेवी घिमिरेले एक हजार ५७१ मतभार पाइन् ।
अपाङ्गता क्लस्टरबाट निर्वाचित नेपाली कांग्रेसका भट्टले चार हजार ४१९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रामचन्द्र जोशीले एक हजार ५१७ मतभार पाएका छन् ।

‘अन्य’ समूहबाट निर्वाचित कांग्रेसका बोहराले चार हजार ३२८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका इश्वरप्रसाद खरेलले एक हजार ६९६ मतभार पाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट