धादिङमा फोटो भिडियो सम्पादन तालिम सुरु

  • नेपाल पथ
  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • ३७८ पटक पढिएको
धादिङमा फोटो भिडियो सम्पादन तालिम सुरु

 

Advertisement

काठमाडौं– फोटो तथा दृश्य सम्पादन गर्ने सम्बन्धि पत्रकारिता तालिम धादिङबेसीमा सुरु भएको छ । धादिङका दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले पत्रकारिता तालिमको आयोजना गरिएको हो ।

आधुनिक तथा विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्न सके पत्रकारिता थप प्रभावकारी बन्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले आयोजना गरेको पत्रकारिता तालिमको उद्घाटन समारोहको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


‘मिडियोले सत्य तत्यमा आधारित पत्रकारिता त गर्नपर्छ नै । तर नागरिकको आवश्यकता र चाहाना अनुरुपको पत्रकारिता पनि आवश्यक छ । मिडियाले दिने सुचना र सञ्देश नागरिकको अपेक्षलाई पनि ख्याल गर्न‘ुपर्छ । पुराना शैलीमा भन्दा आधुनिक र विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ’ उनले भने– ‘सञ्चार माध्यम र पत्रकारले धादिङका सवाल उठाएर सरोकारवाला निकायलाई जिम्मेवारी बोध गएको छ । यससँगै विकास निर्माण र सुशासनको क्षेत्रमा खेलेको भूमिका उल्लेखनिय छ । फोनिज धादिङले आयोजना गरेको यस तालिमले प्रविधिसँग जोड्न र धादिङको पत्रकारितालाई थप अब्बल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नीलकण्ठ नगरपालिकाले सहकार्य गर्न पाउँदा आभारी छौं । फोनिज धादिङसँगको यो सहकार्य निरन्तर चलिरहनेछ ।’


यस पत्रकारिता तालिमले नागरिकलाई सुसुचित गराउने अभियानमा थप निखारता आउने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । पत्रकारहरुको हक अधिकार स्थापित गर्न पत्रकार महासंघले विशेष प्राथमिकता दिएर काम गरिरहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरको भनाई छ । त्यस्तै, यस्ता क्षमता विकास तालिमले पत्रकारको गुणत्मक विकास हुने र सिंगो पत्रकारितामा सकरात्मक प्रभाव पर्ने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए ।

नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा मंगलबारबाट शुरु भएको पत्रकारिता तालिमको पहिलो दिनमा पत्रकारिता क्षेत्रमा देखिएका चुनौती तथा अवसरसँगै सवाल पहिचान र उठ्ठानका विषयमा फोनिज केन्द्रीय समितिका उपाध्यक्ष अमरध्वज लामाले जानकारी गराएका छन् ।

त्यस्तै, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले भाषण कला, फोटो तथा भिडियोको महत्वका विषयमा जानकारी गएका छन् । फोनिज बागमती प्रदेशकै महासचिव श्याम रानाले फोटो र भिडियो खिच्दा ध्यान दिनुर्ने विषयमा उपस्थितिलाई जानकारी दिएका थिए ।यस्तै प्रशिक्षक ध्रुव प्रसाद पराजुलीले फोटो सप सम्बन्धी आधारभुत टुल्सका विषयमा जानकारी गराएका छन् । विहिबारसम्म चल्ने तालिममा फोटो दृश्य खिच्ने तथा सम्पादन गर्ने विषयमा तालिम चल्ने फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताए । धादिङका विभिन्न सञ्चार माध्यममा आवद्ध दलित र जनजाति पत्रकारहरुको सहभागिता रहेका छन् । पत्रकारितामा पहिले सिक्ने, टिक्ने अनि मात्रै काम गर्न सक्छ भनि विश्वास हुने, अरुले खोज्ने र विक्न सकिने हुदा दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले पत्रकारिता तालिमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट