कर्णाली प्रदेश सरकार आन्तरिक हवाई उडानको तयारीमा

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १४८ पटक पढिएको
कर्णाली प्रदेश सरकार आन्तरिक हवाई उडानको तयारीमा

काठमाडौं– कर्णाली प्रदेशले प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारीका लागि काम सुरु गर्ने भएको छ ।

Advertisement

प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई फागुनभित्रै काम अगाडि बढाउने जनाएको छ ।

प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदैछ ।

मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायुसेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता, निगमका इञ्जिनियरिङ मर्मत विभागका व्यवस्थापक देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङ्गेललगायतले हवाई उडानका लागि हिजो विमानस्थलको अवलोकन गरेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट