काठमाडौं- धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा बुधबार भएको यात्रु बस दुर्घटनामा मुत्यु हुनेको संख्या १० जना पुगेको छ । दुर्घटना स्थलमै सात जनाको शव निकालेको प्रहरीले विहिबार दिउँसो थप तीन जनाको शव फेला पारेको हो ।
दुर्घटना लगत्तै एक महिलासहित सात जनाको शव भेटिएपनि गोताखोरको टोलीले खोजी गर्ने क्रममा विहिबार दिउँसो तीन जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
बुधबार एकाविहानै त्रिशुली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैह्रे, रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदी र बुटवलका उपमहानगरपालिका–६ का प्रकाश पाठकको शव बिहिबार दिउँसो फेला परेको हो । प्रहरी नायव उपरिक्षक जैसवारका अनुसार गैह्रेको शव दुर्घटनास्थल भन्दा करिब दुई सय मिटर तल, सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर तल र पाठकको शव दुर्घटनास्थलभन्दा करिब दुई किलोमिटर तल त्रिशुली नदी किनारमा भेटिएको उनले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठका अनुसार अझै दुइ जना हराइरहेका छन् । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का विनोद लोद र झापाको कन्काइ नगरपालिका–९ का २२ वर्षिय आभाष भन्ने अर्जुन सिंह हराइरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।
कपिलबस्तुको भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बुधबार एकाविहानै पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो । मृतक, घाइते र हराइरहेकाहरुको यकिन भएसँगै बसमा चालक र सहचालकसँगै ५३ जना रहेको पुष्टि भएको छ । दुर्घटनामा ४१ जना घाइते भएका थिए । दुर्घटना परि घाइते भएका १९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २२ जना अस्पतालमा उपचार गरिरहेका छन् ।
नेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।