काठमाडौं– काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयले २४ सै घण्टा पुस्तकालय खुल्ला गरेको छ । विद्यार्थीहरूलाई अध्ययन गर्न सहज बनाउन २४ सै घण्टा पुस्तकालय खुल्ला गरिएको हो ।
त्रिविका विद्यार्थी र लोक सेवा आयोग तयारी गरिरहेकाहरूविद्यार्थीहरु पुस्तकालय आएर अध्ययन गर्दै आएका छन् । पुस्तकालयका तीन वटा अध्ययन कक्षमा नियमित रूपमा २० देखि २५ जना विद्यार्थीहरू पढ्न आउने गरेको त्रिवि पुस्तकालयले जनाएको छ ।
राति करिब एक सयदेखि एक सय ५० जनासम्म अध्ययनका लागि आउने गरेको त्रिवि पुस्तकालयले जनाएको छ । पुस्तकालयका अध्ययन कक्षमा भने ९० वटा मात्रै सिट छ । पुस्तकालयमा अध्ययन सामग्रीहरू, ग्रन्थ र संकाय अनुसारका पुस्तक करिब चार लाख ३० हजार वटा रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।