काठमाडौं– महिला दिदिबहिनीहरुलाई आयआर्जनसँग जोड्न एड्भान्स सिलाई बुनाई तालिम दिइएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ का दिदिबहिनीहरुलाई सीप सिकी स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
डेढ महिनासम्म चलेको सिलाई बुनाइ तालिमको मंगलबार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिमले अब केही गर्न सकिन्छ भन्ने विश्वास दिएको एड्भान्स सिलाई बुनाई तालिम लिएका दिदिबहिनीहरुले बताएका छन् । घर गाउँमा खेती किसानी गरेर भन्दा सिलाई बुनाईको कामले बढी आम्दानी लिन सकिने उनीहरुको भनाई छ । यो दुई चरणमा लिएको तालिमले व्यवसायिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको संचिता विकले बताइन् ।
स्थानीय श्रोत साधनको सदुपयोग गरौं, सीप सिकौं आम्दानीमा वृद्धी गरौं भन्ने मूल मर्मका साथ बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिमको सञ्चालन गरिएको हो । तालिमबाट १६ जना दिदिबहिनीहरु लाभान्वित बनेका छन् । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत पहिले सिलाई बुनाइ तालिम लिएका दिदिबहिनीरुलाई दोस्रो चरणको तालिम दिइएको बेनीघाट रोराङ गाउँपालिका–२ का वडा अध्यक्ष हेमराज भुजेलले बताए ।
महिला दिदिबहिनीहरुलाई आय आर्जनसँग जोड्न यस तालिमले सहयोग पुग्ने अपेक्षा लिइएको उनले बताए । तालिममा सहभागीलाई सिलाउने मेसिन, आइरन र तालिम समयअवधि भर आवश्यक कपडा पनि उपलब्ध गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।