काठमाडौं- धादिङ चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः गोविन्द कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
विहिबार धादिङको सदरमुकाम धादिङबेसीमा भएको चेम्वर अफ कमर्श धादिङको प्रथम साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको हो । नव निर्वाचित अध्यक्ष श्रेष्ठ धादिङमा चेम्वर अफ कमर्सको संस्थापक तथा तदर्थ समितिका अध्यक्ष हुन् ।
साधारणसभाबाट समितिको उपाध्यक्षमा श्रवण त्रिपाठी र सदस्यहरुमा विनोद भण्डारी, सुरेन्द्रकुमार श्रेष्ठ, अर्मत थापा, सन्दिप घिमिरे, निरञ्जन कँडेल, किस्मत अधिकारी, गकुल प्रसाद रुवाली, कुमार बहादुर बुढाथोकी, शरण कुमार श्रेष्ठ, उर्मिलादेवी कार्की र केशव प्रसाद थपलिया निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठले आर्थिक संकटले थलिएको धादिङको उद्योग व्यवसायको क्षेत्र सुधार गर्न कार्य योजना बनाएर अघि बढ्ने बताएका छन् । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्वृद्धि तथा अन्य ब्ववसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पनि श्रेष्ठले बताए । मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने श्रेष्ठको भनाई छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।