धादिङमा मल बोकेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

धादिङमा मल बोकेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौं– धादिङमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ ।

Advertisement

नीलकण्ठ नगरपालिका– ५ खाल्टेको पतेनीबाट पतेनीबेसि तर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना हुदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

दुर्घटनामा परेर पाँच जना बालबालिकासहित आठ जना घाइते भएका छन् । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भए लगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१३%

खोजी गर्नुहोस

ताजा अपडेट