काठमाडौं– ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ रामेछापमा बिहीबारबाट तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव सुरु भएको छ ।
सेलिब्रेटी नेपालको आयोजनामा रामेछापको रामेछाप नगरपालिका–८, रामेछाप बजारस्थित गौरीशङ्कर उच्च माविमा आयोजित महोत्सव शनिवारसम्म चल्नेछ ।
विगत तीन वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ ।
महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रवर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पु¥याउने उद्देश्य रहेको आयोजक सेलिब्रेटी नेपालमा अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
महोत्सवमा ग्रामीण कथा र नेपाली चलचित्र, पर्यटन र चलचित्र तथा चलचित्र र स्थानीय सरकार विषयमा तीन भिन्न सिनेमा संवाद कार्यक्रममा सञ्चालन गरिँदै छ ।
महोत्सव पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।