धादिङ– धादिङको गजुरी गाउँपालिका-५ बाङ्गेस्थित त्रिशूली नदीमा बगेका एक टिपर चालकको प्रहरीले सकुशल उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव उपरीक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको ११ सदस्यीय प्रहरी टोलीले मकवानपुरको बकैया गाउँपालिका-१० स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँ बस्दै आएका २३ वर्षीय भिम वाईवाको उद्दार गरेको हो ।
आइतबार दिउँसो त्रिशूली नदीले बगाएको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनास्थलबाट करिब ५ सय मिटर तल महादेव खोल्सी नजिक त्रिशूली नदीको किनारबाट वाईवालाई उद्धार गरेको हो। उद्धारपछि उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको प्रहरीले जनाएको छ।
वाईवा आरजे सप्लायर्स, गोदावरीबाट बालुवा लिन आएका टिपर चालक हुन् । प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ। उनी सामान्य बोल्न सक्ने अवस्थामा छन् र हाल प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
