ग्यासको अभावसँगै मूल्यमा ठगिँदै उपभोक्ता

  • २०८३ श्रावण २०, बुधबार (८ घण्टा अघि)
  • १० पटक पढिएको
ग्यासको अभावसँगै मूल्यमा ठगिँदै उपभोक्ता

काठमाडौं– खाना पकाउने एलपी ग्यास चरम अभाव छ । उपभोक्ताले ग्यास पाएका छैनन् । ग्यास बिक्री गर्ने पसल तथा बिक्री केन्द्रहरूमा ग्यास लिने उपभोक्ताहरूको लामो लाइन र भिड देखिन्छन् । तर नेपाल आयल निगमले भने खाना पकाउने एलपी ग्याँसको अभाव नरहेको दाबी गर्दै आएको छु । निगमले पर्याप्त परिमाणमा एलपी ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ।

निगमका अनुसार साउन महिनामा एलपी ग्यासको आयात परिमाण बढाइएकाले आपूर्ति व्यवस्था सहज रहेको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुने अवस्था नरहेको भन्दै निगमले नियमित वितरण भइरहेको जनाएको छ।

बढ्दो मागलाई ध्यानमा राख्दै निगमले बिक्री केन्द्रबाट समेत ग्यास वितरण सुरु गरेको छ। वितरणका क्रममा ज्येष्ठ नागरिक, बिरामी तथा विशेष आवश्यकता भएका उपभोक्तालाई प्राथमिकता दिन विक्रेतालाई निर्देशन दिइएको निगमले जनाएको छ।

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण भइरहेको निगमले जनाएको छ। साथै, उपभोक्ताको सहजताका लागि ग्यास उद्योगलाई आफ्नै उद्योग परिसरबाट समेत बिक्री व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

निगम भन्छ ग्याँसको अभाव छैन। उपभोक्ता भन्छन् खाना पकाउने ग्याँस नै पाइँदैन । तर व्यापारीहरूले बढी मूल्य लिने तथा ग्यास लुकाई छिपाई गरेकाहरुलाई एकात घटनाबाहेक कारबाही गर्न सकेको छैन । सरकार मौन बसेको भन्दै उपभोक्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।

नेपाल आयल निगमले बजारमा हल्ला भए अनुसार खाना पकाउने एलपी ग्यास अभाव नभएको दाबी गरेका छन् । ग्यास आयातमा कुनै कमी नभएको भन्दै अभावको सम्पूर्ण दोष उपभोक्ताको सञ्चय गर्ने प्रवृत्ति र वितरण प्रणालीमा थोपार्ने गरेका छन् । खाना पकाउने एलपी ग्यास सहज वितरण र कालोबजारी रोक्न सरकारले कदम चाल्नुपर्ने उपभोक्ताहरूले माग राखेका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट