पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी

पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी भएको छ ।

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०८९ नम्बरको बसमा डाइनामोको तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी र बसमा रहेका यात्रुको सहयोगमा करिब पाँच मिनेटमै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको उनले बताए । आगलागीबाट बसको भित्री इन्जिनमा सामान्य क्षति पुगेको छ । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट