धादिङ– नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाको सभापतिमा राजु लोप्पा विजयी भएका छन्।
आइतबार भएको निर्वाचनमा लोप्पाले १४२ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी छापबहादुर गन्द्रमाले १०१ मत प्राप्त गरे। निर्वाचनमा पाँच मत बदर भएको थियो।
सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि ज्वालामुखी गाउँपालिकामा सभापतिसहितको नेतृत्व चयन गर्न निर्वाचन भएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङका गाउँपालिका तथा नगरपालिकामा अधिवेशन प्रक्रिया चलिरहेको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
