धादिङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा १ हजार ७ सय ५८ मत खसेको छ ।


कुल १ हजार ७ सय ९० क्षेत्रीय प्रतिनिधि मध्ये ३२ जना प्रतिनिधि भने मतदानमा सहभागी भएनन् । विहान १० वजेदेखि सुरु भएको मतदान साढे ५ बजेसम्मै प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
अधिवेशनले क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूको नेतृत्व चयन गर्दैछ । केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन गर्नेछ । धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन अन्तर्गत नवराज तिमल्सिना र राजन बुलाकोटी सभापतिको दौडमा रहेका छन् । त्यसैगरी, प्रदेश सभा २ (क) को सभापति पदका लागि ईश्वर अर्याल र प्रकाश कुमार श्रेष्ठ र प्रदेश सभा २ (ख) को सभापति पदका लागि आशिष किरण अधिकारी र पाण्डव कुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
विहीबार ८ वजेबाट मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन भने आजबाट सुरु भएको छ । सहमतिको प्रयास भइरहेको छ । सहमति नजुटे भोली मतदान हुने नेपाली कांग्रेस धादिङले जनाएको छ ।

