धादिङमा अत्यावश्यक सामाग्री अभाव हुदैनः प्रजिअ पाण्डेय

धादिङमा अत्यावश्यक सामाग्री अभाव हुदैनः प्रजिअ पाण्डेय

धादिङ- बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएपछि धादिङ र गोरखाबीचको सडक सम्पर्कसमेत टुटेको छ । यसअघि भदौ १० गते आएको भोटेकोसीमा बाढीले फुर्केखोला पुल बगाएपछि मालवाहक सवारीसाधनले आरुघाटको पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका थिए ।

Advertisement

अहिले उक्त पुलसमेत बगाएपछि धादिङमा खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने चिन्ता बढेको छ । तर, तत्काल खाद्यान्न तथा इन्धनको अभाव नहुने धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताएकी छन् ।

‘जिल्लामा करिब एक महिनालाई पुग्ने खाद्यान्न र एक सातालाई पुग्ने ग्यास मौज्दात छ । पेट्रोलियम पदार्थ ल्याउने वातावरण बनाउदैँ छौं’ उनले भनिन्– ‘खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थको अभाव हुन दिँदैनौँ । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म यात्रुवाहक सवारीसाधन र बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाउँछौँ ।

‘बाढी प्रभावित परिवारको तत्कालीन व्यवस्थापन भएपनि दीर्घकालीन पुर्नस्थापना तथा व्यवस्थापनका लागि अध्ययन र छलफल गरेर आवश्यक कदम चालिने छ । धादिङलाई सडक सम्पर्कसँग जोड्न अति आवश्यक सामाग्रीको परिपूर्तिका लागि पहल गरिरहेका छौं’ उनले भनिन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट